मलंगवामा ब्रीज इन्टरनेशनलको १९ शाखा संचालनमा आयो
विदेशमा अध्ययनका लागि जाने विद्यार्थीलाई जानकारी, परामर्श र आवश्यक सहयोग उपलब्ध गराइने
मनोज यादव---
मलंगवा, मंसिर ५
वैदेशिक अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको ब्रीज इन्टरनेशनल प्रालिले सर्लाहीको मलंगवामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ। मलंगवा–१० स्थित विजडम कोचिङ एण्ड इन्स्टिच्युट परिसरमा शुक्रवार आयोजित एक समारोहका बिच शाखाको औपचारिक उद्घाटन गरिएको हो। शैक्षिक परामर्श क्षेत्रमा विगत १ दशक भन्दा बढी समयदेखि सक्रिय रहेको ब्रीज इन्टरनेशनलको यो १९औँ शाखा हो।
उद्घाटन कार्यक्रममा बोल्दै कन्सल्टेन्सीका एक्जिक्युटिभ चेयरम्यान भुवन गिरीले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीलाई लक्षित गरि जानकारी, परामर्श र आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले शाखा सञ्चालनमा ल्याइएको बताए।
कार्यक्रमका प्रमुख अतिथि तथा मधेश प्रदेशका पूर्व अर्थमन्त्री संजय कुमार यादवले जिल्लामा गुणस्तरीय शिक्षा र अवसर विस्तारमा विजडम कोचिङले पुर्याइरहेको भूमिकाको प्रशंसा गर्दै कन्सल्टेन्सीहरुबीचको बढ्दो प्रतिस्पर्धामा ब्रीज इन्टरनेशनलले आफ्नै सेवा र पहिचान कायम राख्न सफल होस् भन्ने शुभकामना दिए ।
यस्तै विशिष्ट अतिथि मलंगवा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत होम प्रसाद घिमीरेले विद्यार्थीलाई सही मार्गदर्शन प्रदान गर्दै विदेशमा पठाउने काम अत्यन्त संवेदनशील भएको उल्लेख गर्दै जिम्मेवारीपूर्वक सेवा दिन सुझाव दिए।
समारोहको अध्यक्षता गर्दै विजडम कोचिङका निर्देशक तथा शाखा प्रमुख बिरेन्द्र जयसवालले मलंगवा शाखाले विद्यार्थीका जिज्ञासा समाधान, नेतृत्व विकास, भाषा कक्षा, भिसा प्रक्रियाकैदेखि अध्ययन अघि–पछिको ओरियन्टेशनसम्मका सेवाहरु प्रदान गर्ने जानकारी दिए। उनका अनुसार कन्सल्टेन्सीले विशेषगरी क्यानाडा, अस्ट्रेलिया, युके, जापानलगायतका देशमा अध्ययनका लागि विद्यार्थी तयार पार्ने कार्यमा विशेष ध्यान दिनेछ।
उद्घाटन कार्यक्रममा स्थानीय शिक्षाप्रेमी, अभिभावक,विद्यार्थी र पत्रकारहरु लगायतको उल्लेख्य सहभागीता रहेको थियो।
No comments:
Post a Comment