Translate

Friday, November 21, 2025

हरिपुरमा बाल अधिकार दिवसको अवसरमा अन्तरबाल समूह प्रतियोगिता



मधेशदूत समाचारदाता---

हरिपुर, मंसिर ५

   अन्तर्राष्ट्रिय बाल अधिकार दिवस–२०२५ को उपलक्ष्यमा हरिपुर नगरपालिकामा विभिन्न बाल समूहहरूको सहभागीता सहित नगरस्तरीय प्रतिस्पर्धात्मक कार्यक्रम सम्पन्न गरिएको छ। हरिपुर नगरस्तरीय बाल समूह सञ्जालको अगुवाइमा र समुन्नति परियोजनाको सहयोगमा आयोजना गरिएको बहुउत्तर छनोट तथा हाजिरी–जवाफ प्रतियोगिता ग्रामीण नारी उत्थान संघको सभा हलमा सम्पन्न भएको हो।
   कार्यक्रम बाल समूह सञ्जालका अध्यक्ष चाँदनी कुमारी शाहको अध्यक्षतामा र नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तथा बाल कल्याण अधिकृत सुधा काफ्लेको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको थियो।
   सहभागी बालबालिकालाई सहभागिताको प्रमाणपत्र तथा संस्थागत रूपमा सहभागी भएका सबै बाल समूहलाई सहभागिताको चिनो वितरण गरिएको बाल संरक्षण फिल्ड सुपरभाइजर राजु काफ्लेले जानकारी दिए।
   त्यस्तै, ईश्वरपुर–१४ स्थित जनता माध्यमिक विद्यालय, श्रीनगरमा ईश्वरपुर नगरपालिका–१३ र १४ का बाल समूहबीच छुट्टै मैत्रीपूर्ण प्रतिस्पर्धा पनि आयोजित गरिएको छ। जनता मावि बाल समूह र प्रगतिशील बाल समूह सहभागी रहेको उक्त कार्यक्रमबारे ग्रामीण नारी उत्थान संघ हरिपुरका बाल संरक्षण फिल्ड सुपरभाइजर बिन्दा लुंगेलीले जानकारी गराइन्।
    बाल अधिकारको प्रवर्द्धन, नेतृत्व विकास र बालमैत्री समाज निर्माणमा यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने आयोजकहरूले बताए।

No comments:

Post a Comment