ईश्वरपुरको कुरिनिया टोलमा बालमैत्री कार्यक्रम सम्पन्न
मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर ५
अन्तर्राष्ट्रिय बालअधिकार दिवस २०८२ को अवसरमा सर्लाहीको ईश्वरपुर नगरपालिका–९ स्थित सिमान्तकृत बस्ती कुरिनिया टोलमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ।
“बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारासहित आयोजित कार्यक्रम ग्रामीण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारी तथा ईश्वरपुर नगरपालिकाको समन्वयमा सञ्चालित समुन्नति तथा पहुँच परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको हो।
लिटिल डाक्टर समितिका प्रतिनिधि, फोकल शिक्षक, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षक तथा अभिभावकसहित ४८ जनाको सहभागितामा सम्पन्न कार्यक्रममा बालअधिकारका विभिन्न पक्षसँगै स्वास्थ्य, सरसफाइ तथा जनचेतनासम्बन्धी विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो।
SHIFT कार्यक्रम अन्तर्गत व्यक्तिगत सरसफाइ, सही हात धुने विधि, सरसफाइ अभियनका आवश्यक पक्ष तथा दैनिकी जीवनमा अपनाउन सकिने व्यावहारिक सिकाइबारे विस्तृत जानकारी दिइएको थियो।
कार्यक्रममा सहभागी बालबालिकाले सिकेका कुराहरू नियमित रूपमा आत्मसात गर्ने र समुदायमा सरसफाइ तथा जनचेतनासम्बन्धी सन्देश फैलाउने प्रतिवद्धता जनाएका छन्। आयोजक संस्थाहरूले यस्ता कार्यक्रमले सिमान्तकृत बस्तीका बालबालिकामा सकारात्मक व्यवहार परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
No comments:
Post a Comment