मलंगवामा सम्पन्न इन्टर स्कूल कप सिजन–४ को उपाधी सलेमपुर जनता माविको पोल्टामा
शंकर नराल ----
सर्लाही, मंसिर ७
सर्लाही क्रिकेट संघको आयोजनामा र मलंगवा नगरपालिका वडा न–८ वडा कार्यालयको प्रायोजनमा सम्पन्न इन्टर स्कूल कप सिजन–४ को उपाधि जनता माध्यमिक विद्यालय सलेमपुरले जितेको छ। शनिवार सम्पन्न फाइनल खेलमा सलेमपुरले गोल्डेन फ्युचर एकेडेमी, लालबन्दीलाई पराजित गर्दै विजेता बनेको हो।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मुना यादव ‘प्लेयर अफ द म्याच’ बने। प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ शिव यादव, ‘बेस्ट बलर’ मुना यादव तथा ‘बेस्ट ब्याट्सम्यान’ मसुम अन्सारी घोषित भए।
फाइनल खेलका मुख्य अतिथी मलंगवा–८ का वडा अध्यक्ष मुकेश कुमार जैसवाल रहेका थिए भने मलंगवा–३ का वडा अध्यक्ष प्रमोद यादव, जनता माध्यमिक विद्यालय सलेमपुरका लेखापाल रमेश कुमार यादव तथा गोल्डेन फ्युचर एकेडेमीका प्रिन्सिपल विशिष्ट अतिथिको रुपमा उपस्थिति थिए।
सर्लाही क्रिकेट संघका सचिव सन्तोष दासको संयोजनमा सम्पन्न कार्यक्रममा संघका सदस्यहरू शंकर नराल, रौशन सिंह, शिवकुमार राय तथा भूपू खेलाडी इरफान मिकरानी र रञ्जित शर्माको उपस्थितिमा खेलाडीहरहलाई पुरस्कार वितरण सम्पन्न गरिएको थियो।
मलंगवा-२ स्थित जिल्ला खेलकुद विकास समितिको मैदानमा आयोजना भएको यस प्रतियोगितामा जिल्लाभरीबाट १२ वटा टिमले सहभागता जनाएको सर्लाही क्रिकेट संघका कोषाध्यक्ष तुलसी यादवले जानकारी दिए।
No comments:
Post a Comment