Translate

Saturday, November 22, 2025

मलंगवाको चमेली माई अस्पताल प्रालि पाँचौँ वर्षमा प्रवेश, बिरामीमैत्री सेवासहित वार्षिकोत्सव सम्पन्न




मधेशदूत समाचारदाता---
सर्लाही , मंसिर ७

    सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिका वडा न–१० स्थित जिल्ला अदालत नजिकै सञ्चालनमा रहेको चमेली माई अस्पताल प्रालि पाँचौँ वर्षमा प्रवेश गरेको छ। डा. कमलेश कुमार साहको नेतृत्वमा अस्पतालले स्थापना कालदेखि नै स्थानीय समुदायलाई गुणस्तरीय, सहज र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
   अस्पतालको चौथो वार्षिकोत्सवको अवसरमा   बिहिवार बिरामीहरुलाई विशेष सेवा सुविधा प्रदान गरिएको अस्पतालले जनाएको छ। सो अवसरमा बिरामीलाई औषधिबाहेक ओपिडी, ल्याब, थाइराइडलगायत सबै प्रकारका  परीक्षणमा सतप्रतिशत छुट प्रदान गरिएको डा. साहले जानकारी दिए।


   शनिवार एक विशेष कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाइएको थियो। कार्यक्रममा विभिन्न सरोकारवाला, समाजसेवी, पत्रकारलगायतको उत्साहपूर्ण सहभागिता रहेको थिए। सो अवसरमा डा. साह र उनका पिताले केक काटेर अस्पतालको प्रगति यात्रा तथा आगामी वर्षका योजनाबारे शुभकामना साटासाट गरेका थिए।
   स्थानीयस्तरमा स्वास्थ्य सेवा पहुँच र गुणस्तर सुधारमा महत्वपूर्ण योगदान दिँदै आएको चमेली माई अस्पतालले पाँचौँ वर्षमा प्रवेशसँगै सेवालाई अझै विस्तार र सुधार गर्ने प्रतिबद्धता जनाएको छ।

No comments:

Post a Comment