Translate

Monday, November 17, 2025

लालबन्दीबाट ३८ किलोभन्दा बढी गाँजासहित एक व्यक्ति पक्राउ,अन्य ब्यक्ति फरार

  



मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर २

    सर्लाहीको लालबन्दीबाट प्रहरीले करिब ३९ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। 
   जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चुरेवर्ती क्षेत्रबाट गाँजा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट आइतवार रातिदेखि खटिएका प्रहरी टोलीले सोमबार बिहान करिब ५ बजे लालबन्दी नगरपालिका–६ स्थित शिव मन्दिर नजिक  चेकजाँच गर्दा ३८ किलो ८९० ग्राम गाँजा फेला परेको हो।  बरामद गाँजा लखन्देही खोलातर्फबाट भित्री बाटो हुँदै  ल्याइँदै गरेको पाइएको प्रहरीले बताएको छ।
   उक्त गाँजा ओसारपसारमा संलग्न हरिवन नगरपालिका वडा न–१, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठ प्रदेश–२–०३००१ ह ३२८ नम्बरको अटोमा सवार थिए। प्रहरीका अनुसार अटोबाट एक पोका र ना ६० प ५५६ नम्बरको मोटरसाइकलबाट ६ पोका गाँजा बरामद गरिएको हो। 
   घटनामा संलग्न मोटरसाइकलमा रहेका व्यक्तिहरू भने फरार रहेका छन् र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment