सर्लाहीको दुर्गम क्षेत्र नारायनखोलामा स्थानीयको मोबाइलमा सिम छ तर नेटवर्क छैन
रितीक अधिकारी---
सर्लाही,मंसिर २
सर्लाहीको विकट क्षेत्र मानिने लालबन्दी नगरपालिका वडा न-१४ नारायनखोलामा बसोबास गर्ने स्थानीयहरुको मोबाइलमा नेपाल टेलिकमको सिम छ तर नेटवर्क छैन । नारायणखोला त दुर्गम क्षेत्रमा पर्छ तर तराईको सुगमक्षेत्रका केही स्थानमा अझै पनि नेपाल टेलिकमको टावर टिप्दैन ।
सर्लाहीको उत्तरी चुरे क्षेत्रका साविक नारायण खोला गाविस लालबन्दी–१४ र परवानीपुर गाविस (लालबन्दी–१५) मा पर्ने केहि गाउँमा सडक सञ्जाल जोडिन नसक्दा स्थानीयको दैनिकी निकै कष्टकर बनेको छ । दुई वडाका नागरिकले व्यवस्थित सडकको अभावमा अत्यन्त विकट ‘कर्णाली’को अवस्था महसुस गरिरहेकै छन् अझ झन नेपाल टेलीकम र एनसियलकोे टावर समेत नभएको स्थानिय सूक्र थिङ्ग बताउँछन ।
लालबन्दि १४ र १५ का सत्रकठा , मटरदोभान , मधे , कामिटार , हातिसुडे , सिलोटखोला, करमडन्डी , बोहोरे डाडा अर्ने डाडा सिरकालिन्जोर , पिपलदमार , छोड्के लगायतका ठाउमा नेटवर्क आउँदैन् । सो गाउँमा पुग्दा कुनै अनकन्टार ठाउँमा पुगेको स्पष्ट अनुभव हुन्छ । यी गाउँहर अझै सूचना प्रविधिको पहुँचबाट निकै टाढा भएको लालबन्दी न.पा वडा न–१५ का वडाअध्यक्ष गोरख बाहादूर बलले बताए । केही ठाउँमा टेलिफोनको नेटवर्क आएपनि रुखमाथि चढेर कूराकानि गर्दा पनि सजिलै कुरा गर्न सकिदैन भने अधिकांस स्थानमा नेटवर्क नै आउँदैन् । लालबन्दीको १७ नम्बर बडा पत्रापटोल,साहेबगंज लगायतका ठाउँमा समेत नेटवर्कको समस्या रहेको स्थानियहरुले बताएका छन् ।
चुनावमा भोट दिएर जिताएका नेताहरु त्यसपछि फर्किएर नआएको स्थानियहरुको गुनासो छ। लालबन्दी- १४ नारायाणखोला वडाको भौगोलिक विकटता, फोन, इन्टरनेटलगायतको प्रविधिको सुविधा नभएकाले वडा कार्यालय लालबन्दी बजारबाटै सञ्चालन भइरहेको छ ।
गाउँमा टेलिकमको नेटवर्क नहुँदा स्थानीयहरू सञ्चार सम्पर्कबाट विहीन छन् । टाढा रहेका आफन्त र साथीभाइहरूलाई सम्पर्क गर्दा मोबाइल बोकेर टावर खोज्दै हिड्नुपर्ने बाध्यता रहेको स्थानीयहरू बताउँछन् । टेलिकमको नेटवर्क नटिप्दा विपद्का बेला सुरक्षा निकाय र अन्य सारोकारवाला निकायमा खबर गर्न पनि पाउने अवस्था छैन । गाउँमा कोही बिरामी हुँदा फोन गरेर एम्बुलेन्स बोलाउन पनि समस्या हुने गरेको स्थानीयहरु बताउँछन् ।
व्यवस्थित सडक नभएकै कारण यस क्षेत्रका नागरिकले वर्षौदेखि अन्य सुविधाहरु पनि उपयोग गर्न नपाएको वडा अध्यक्ष घिसिङ बताउँछन् । बिजुली, पानी लगायतको सुविधा पटकपटक पुर्याए पनि सडक नभएकै कारण विकास दिगो हुन नसकेको उनको भनाइ छ । “बिग्रिएका संरचनाहरु बनाउनका लागि जान समेत सडक छैन ।
स्थानीयवासीले लखन्देही कालीन्जोर र फुलजोर खोलाको डाडाँ भित्तामा रहेका खेतमा समयअनुसार मकै, धान, तोरी बेसारलगायत अन्नबाली उत्पादन गर्ने गरेका छन् । आकाशे पानीको भरमा गरिने खेती मौसम प्रतिकुल हुँदा भने उत्पादन नहुने किसानको गुनासो छ ।
No comments:
Post a Comment