मलंगवामा बज्जिका भाषा प्रवर्द्धनमा योगदान दिने व्यक्तित्वलाई सम्मान
मधेशदूत समाचारदाता---
सर्लाही,कात्तिक २७
बज्जिका भाषाको साहित्य र विकासमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम मलंगवामा आयोजना हुन लागेको छ।
बज्जिका साहित्य समाज, सर्लाहीको आयोजनामा यही मंसिर ६ गते शनिवार हुने कार्यक्रममा “कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेवी पुरस्कार” प्रदान गरिने अध्यक्ष रामचन्द्र महतो कुशवाहाले जानकारी दिएका छन्।
उनका अनुसार, कार्यक्रममा बज्जिका भाषाका कवि, लेखक, समाजसेवी र अन्य क्षेत्रका योगदानकर्तालाई विशेष रूपमा सम्मान गरिनेछ। यस कदमले बज्जिका भाषा, साहित्य र सांस्कृतिक पहिचानको संरक्षणमा थप प्रोत्साहन मिल्ने विश्वास लिइएको अध्यक्ष कुशवाहाले बताएका छन् ।
No comments:
Post a Comment