संयुक्त नागरीक पार्टी को प्रदेश भेला सोमबार बलयवासमा हुँदै
मधशदूत समाचारदाता---
बयलवास,मंसिर ७
संयुक्त नागरीक पार्टीको मधेश प्रदेश भेला सोमवार सर्लाहीको ईश्वरपुरमा हुने भएको छ । भेलालाई सो पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीले प्रमुख अतिथीको रुपमा सम्बोधन गर्ने सो पार्टीका मधेश प्रदेश सह–इन्चार्ज नवीन साहले जानकारी दिए ।
उनका अनुसार भेला ईश्वरपुर-६ स्थित उद्योग वाणिज्य संघको सभाहलमा विहान १० बजे सुरु हुनेछ । भेलाको सम्पूर्ण अन्तिम तयारी पूरा भएको छ । उनका अनुसार भेलामा जिल्लाका विभिन्न भागबाट उल्लेख्य संख्यामा नेता कार्यकर्ताको सहभागिता रहने छ ।
संयुक्त नागरीक पार्टी ‘असल इमान्दार नेता आजको आवश्यकता, सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र’ भन्ने नारालाई अघि सार्दै निर्वाचन आयोगमा १८० नम्बरमा दर्ता भएको पार्टी हो । यसको चुनाव चिन्ह गितार रहेको छ भने झण्डा ६ ओटा ताराको बीचमा पूर्ण आधारको चन्द्रमा रहेको छ ।
विश्वास, आशा र प्रेममा आधारित आस्था, अस्तित्व र अधिकारको लागि सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र संस्थागत गरौं, पूर्ण समानुपालितक प्रतिनिधित्व सुनिश्चित गरौं, विभेदरहित समृद्ध राष्ट निर्माण गरौं भन्ने नाराका साथ सर्लाहीमा मधेश प्रदेशस्तरीय भेला गर्न लागेको सो पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनमा शसक्त रुपमा सहभागिता जनाउने निर्णय गरेको छ ।
निर्वाचनमा परिणामुखि नतिजा हासिल गर्ने लक्ष्यका साथ देशभर पार्टीको संगठन सुदृढीकरण गर्दै संगठन विस्तारलाई तिव्रता दिएको सो पार्टीले जनाएको छ ।
भोली सोमबार हुने मधेश प्रदेश भेलालाई सम्बोधन गर्न संयुक्त नागरीक पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीसहित बरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम कार्की, महासचिव डा. तेज रोका, उप–महासचिव विदुर अधिकारी, केन्द्रीय उपाध्यक्ष एवम् मधेश प्रदेश इन्चार्ज डा.बलराम विश्वकर्मा (शैलेस) सर्लाही आउने सह–इन्चार्ज नवीन साहले जानकारी दिए ।
No comments:
Post a Comment