कबिलासीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते
मधेशदूत समाचारदाता––
सर्लाही, कात्तिक २१
सर्लाहीको काबिलासी नगरपालिका–६ मदनपुर बजार नजिक भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्को व्यक्ति घाइते भएका छन्।
प्रहरीका अनुसार,बिहिवार साँझ करिब ६ बजेर १५ मिनेटको समयमा सललेमपुरबाट बरहथवा तर्फ जाँदै गरेको आलु–प्याज लोड गरेको ज १ त ६२०३ नम्बरको ट्याक्टर र सोही दिशातर्फ जाँदै गरेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–५ महोनपुरका गेनालाल ठाकुर लोहारको ४२ वर्षीय छोरा सुरेन्द्र ठाकुर लोहार गम्भीर घाइते भएका थिए। उपचारका लागि मलङ्गवास्थित प्रादेशिक अस्पतालमा पुर्याएपछि चिकित्सकले उनलाई साँझ ७ बजेर ५५ मिनेटमा मृत घोषणा गरेका छन्।
त्यसैगरी, मोटरसाइकलमा सवार बरहथवा नगरपालिका–७ का जगदीश ठाकुर लोहारका १९ वर्षीय छोरा राजु ठाकुर लोहार घाइते भएका छन्। उनको निधार, दाहिने हातको कुहिना र तिघ्रामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्याक्टर नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ। ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment