नेपाल शिक्षक महासंघ चन्द्रनगरका शिक्षकहरु द्वारा शाखा अधिकृत कुशवाहालाई सर्लाहीमा भब्य स्वागत
मधेशदूत समाचारदाता----
सर्लाही, मंसिर १४
शिक्षा समन्वय इकाई सर्लाहीमा नयाँ शाखा अधिकृतको रूपमा कार्यभार सम्हालेका सुनिल कुमार कुशवाहालाई सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले भब्य स्वागत गरेका छन्।
सर्लाहीकै स्थानीय निवासी समेत रहेका कुशवाहालाई चन्द्रनगर गाउँपालिका अन्तर्गतका विद्यालयहरूले जिल्लामा स्वागत गर्दै नयाँ जिम्मेवारीमा सफलता र प्रगतिको शुभकामना दिएका छन्। प्रधानाध्यापकहरूले कुशवाहाको कार्यकाल प्रभावकारी र उज्ज्वल होस् भन्ने कामना व्यक्त गर्दै शिक्षकहरूको सहकार्यमा शिक्षा क्षेत्र सुधारमा उनको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाल शिक्षक महासंघ चन्द्रनगरका अध्यक्ष सरोज कुमार सिंहसहितका शिक्षकहरू शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमै पुगेर शाखा अधिकृत कुशवाहालाई बधाई दिएका थिए।
शाखा अधिकृत कुशवाहाले आफ्नो जिम्मेवारीको शुरुआत समुदाय र शिक्षकहरूसँग निकट समन्वय गर्दै गरिने बताउँदै, “सर्लाहीको शिक्षा क्षेत्रमा सुधार ल्याउन शिक्षकहरूसँग सहकार्य गर्ने छु र उहाँहरूले देखाएको विश्वास सधैं संगालेर राख्नेछु,” भने।
यस प्रकार, स्थानीय तहका विद्यालयहरूको पहलमा नयाँ शाखा अधिकृतलाई स्वागत गर्नुले शिक्षक र प्रशासनबीचको समन्वय बलियो बनाउने विश्वास गरिएको छ।
No comments:
Post a Comment