Translate

Sunday, November 30, 2025

सिसौटमा सडक विवादका कारण झडप, १२ भन्दा बढी घाइते

  



मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर १५

   सडक विस्तार तथा उपयोगको विषयलाई लिएर सर्लाहीको रामनगर गाउँपालिका,सिसौटमा आइतवार दुई पक्षबीच भएको झडपमा १२ भन्दा बढी व्यक्ति घाइते भएका छन्। लामो समयदेखि चल्दै आएको विवाद चरममा पुगेपछि दुवै पक्षका स्थानीयबीच कुटपिट भएको स्थानीय प्रत्यक्षदर्शीले बताएको छ।
  कुटाकुटमा परेर घाइते भएकाहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको र प्राथमिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ। अन्य घाइतेहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।
   स्थानीयका अनुसार सडक विस्तारको दायरा, उपयोग र जमिन अतिक्रमण सम्बन्धी विषयमा दुई समूहबीच विगत केही महिनादेखि तनाब बढ्दै आएको थियो। आइतवार बिहान उक्त  विवाद कुटपिटमा परिणत भएको थियो।
  

No comments:

Post a Comment