Translate

Thursday, November 6, 2025

सिडिओ कार्यालयको पार्किङ समस्या समाधान,आइतबारदेखि तीन बीघे मैदानमा पार्किङ गरिने

   


मधेशदूत समाचारदाता––
सर्लाही, कात्तिक २१

    सर्लाहीको सदरमुकाम मलंगवामा रहेको जिल्ला प्रशासन कार्यालयमा दिनानुदिन बढ्दो सेवाग्राहीको भिड र उनीहरूले ल्याएको मोटरसाइकल लगायतका सवारीसाधनहरुको चापले पार्किङ समस्या चर्किंदै जाँदा मलंगवा नगरपालिका वडा न-१० को कार्यालयले समस्या समाधानको उपाय निकालेको छ। वडा कार्यालयले प्रशासन कार्यालय अगाडी हुँदै आएको पार्किङ समस्या समाधानका लागि व्यवस्थित पार्किङ स्थलको व्यवस्था गरेको छ।
  वडा नं–१० का वडाध्यक्ष मुकेश कुमार झाका अनुसार, नयाँ प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया सँगको भेटघाट र छलफलपछि तत्कालका लागि जि.बि.स. चौकस्थित तीन बीघे मैदानको दक्षिण–पूर्वी भागमा अस्थायी पार्किङ स्थल निर्माणको निर्णय गरिएको हो।
  वडा अध्यक्ष झाका अनुसार यही कार्तिक २३ गते आइतबारदेखि उक्त पार्किङ स्थल औपचारिक रूपमा सञ्चालनमा आउनेछ।
  यो पहलका कारण  प्रशासन कार्यालयमा काम लिएर आउने सेवाग्राहीलाई सहज आवागमनमा मद्दत पुग्ने तथा मलंगवा बजार क्षेत्रमा भइरहेका ट्राफिक जाम न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ।
  स्थानीयहरूले पनि वडा कार्यालयको यो कदमलाई सकारात्मक र समयानुकूल पहल भएको भन्दै स्वागत गरेका छन्। वडाध्यक्ष झाले सबै सवारीधनीलाई नयाँ पार्किङ स्थलको प्रयोग गर्न अनुरोध गर्दै पार्किङ क्षेत्रमा आवश्यक व्यवस्था र सुरक्षाको पनि तयारी भइरहेको जानकारी दिएका छन् ।

No comments:

Post a Comment