HOME

Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520

Monday, November 17, 2025

सुनसरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन सम्पन्न, आधुनिक सहरी विकासका एजेन्डा अग्रपंक्तिमा

 



विपिन साह---
सुनसरी ,मंसिर १ 

    जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन तथा प्रदेश स्तरीय भेला शनिबार सुनसरीमा सम्पन्न भएको छ। प्रदेशभित्र पहिलोपटक आयोजित यस भेलामा सहरी पूर्वाधार, योजनाबद्ध आवास तथा आधुनिक सहर विकासका विभिन्न पक्षमा व्यापक छलफल भएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, जग्गा तथा आवास व्यवसायी तथा स्थानीय सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो। नेपाल अर्बान इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीका प्रतिनिधिले द्रुत सहरीकरणसँगै ‘ग्रीन सिटी’, ‘स्मार्ट सिटी’, ‘डिजिटल सिटी’ तथा ‘मेगा सिटी’ अवधारणालाई नेपालमा व्यवहारिक रूपमा लागू गर्ने योजनाबारे कार्ययोजना प्रस्तुत गरेका थिए।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले अव्यवस्थित जग्गा कारोबारका कारण देखिएका चुनौती समाधान गर्न सरकारी निकायसँग सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै दीगो सहरीकरणका लागि ऐन, नियम तथा कार्यविधिमा आवश्यक सुधार गर्न आग्रह गरे।
सहभागीहरूले योजनाबद्ध शहरीकरण, सुरक्षित तथा सहज आवास प्रणाली, स्वच्छ वातावरण र दीगो पूर्वाधार विकासका लागि संघले अग्रसर हुँदै आएको भूमिकाको प्रशंसा गरेका थिए। उनीहरूले आगामी दिनमा संघले प्रविधिमैत्री प्रणाली, नवीन सोच र निजी–सार्वजनिक साझेदारीमार्फत अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने सुझावसमेत दिएको बताए।
कार्यक्रमको समापन गर्दै संघका पदाधिकारीहरूले प्रदेशस्तरीय समन्वय बैठक, नीतिगत सुझाव संकलन तथा सहरी विकाससम्बन्धी जनचेतना कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। संघले चाँडै निर्वाचनमार्फत नयाँ कार्य समिति चयन गर्ने तैयारी गरेको छ।

No comments:

Post a Comment