HOME

Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520

Monday, November 17, 2025

मलंगवामा मुख्यमन्त्री नियुक्तिविरुद्ध खबरदारी जुलुस




मधेशदूत समाचारदाता---
सर्लाही ,मंसिर १ 

    एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको निर्णयविरुद्ध आइतवार  मलंगवामा खबरदारी जुलुस निकालिएको छ। 
    बिहान ११ बजे निकालिएको खबरदारी जुलुस मलंगवा बजारको विभिन्न भागको परिक्रमा गरि  वडा न-१० जिविस चौक स्थित सहिद पार्कमा कोणसभाको आयोजना गरिएको थियो। 
   कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य संजय कुमार यादवले मुख्यमन्त्रीको असंवैधानिक नियुक्ति र प्रदेश सभामुखको कदम हाम्रोलाई अस्वीकार्य रहेको बताएका छन् ।
    मुख्यमन्त्रीको नियुक्ति प्रति  असन्तुष्ट रहेका जसपा, जसपा नेपाल, लोसपा, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नेपाली कम्युनिष्ट पार्टीलगायत सात दलका नेता तथा कार्यकर्ताहरू शनिवार राति पनि सदरमुकाम मलंगवामा मसाल जुलुस निकालेका थिए ।
    आइतवार पनि सहभागी भएका नेता तथा कार्यकर्ताहरूले मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै जनआक्रोश प्रदर्शन गरेका थिए।

No comments:

Post a Comment