Translate

Sunday, November 9, 2025

इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट सिजन–४ मलंगवामा सुरु

 


मधेशदूत समाचारदाता
सर्लाही, कात्तिक २३

    सर्लाहीको सदरमुकाम मलंगवामा शनिबारदेखि इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट–२०८२ सिजन ४ औपचारिक रूपमा सुरु भएको छ। मंसिर १ गतेसम्म संचालन हुने प्रतियोगिताको आयोजना मलंगवा नगरपालिका–८ वडा कार्यालयले गरेको हो।
    मलंगवा–२ स्थित कवर्ड हलमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष मुकेश जयसवालले रिबन काटी र ब्याटिङ गरेर गरे। उद्घाटन खेलमा पद्मरत्न विद्या मन्दिर र कृष्णा देवी माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा गरिएको सर्लाही क्रिकेट संघका कोषाध्यक्ष तुलसी यादवले जानकारी दिए।


   प्रतियोगितामा जिल्लाका विभिन्न क्षेत्रका १२ विद्यालयहरूले सहभागिता जनाएका छन्। विद्यालयस्तरको खेलकुदमा प्रतिस्पर्धात्मक भावना विकास गर्न तथा विद्यार्थीहरूलाई खेलतर्फ प्रोत्साहित गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
   उद्घाटन समारोहमा वडा नं–१ का वडाअध्यक्ष नवल किशोर राय, वडा न-९ का अध्यक्ष चन्देश्वर राय, वडा नं–३ का प्रमोद राय यादव,CAN का केन्द्रीय सदस्य माधव कर्माचार्य ,शंकर नराल, संतोष दास, पूर्व खेलाडीहरू, सर्लाही क्रिकेट संघका पदाधिकारीहरू, शिक्षक, विद्यार्थी र पत्रकारहरूको समेत उपस्थिति रहेको थियो।


   वडा अध्यक्ष जयसवालका अनुसार प्रतियोगिता आगामी दिनहरूमा पनि निरन्तर रूपमा सञ्चालन हुनेछ र उत्कृष्ट टिमलाई पुरस्कृत गरिने छ। उनले प्रतियोगितामा सहभागी जनाएका टिमसँग कुनै किसिमको एन्ट्री चार्ज नलिएको बताएका छन।

No comments:

Post a Comment