आर.आर.पि.के को २० औं वार्षिक साधारणसभा सम्पन्न
मधेशदूत समाचारदाता---
सर्लाही,कात्तिक २
राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र(RRPK) मलंगवाको २० औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सर्लाहीको सदरमुकाम मलंगवा-१० स्थित मलंगवा पार्टी प्यालेसमा शुक्रवार आयोजित साधारणसभामा गत आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ।
केन्द्रकी कोषाध्यक्ष पिंकी साहले दातृ संस्थाहरु सेभ द चिल्ड्रेन ,वर्ल्ड भिजन इन्टरनेसनल नेपाल , प्लान इन्टरनेशनल नेपाल र बलरा नगरपालिकाको सहयोग तथा संस्थाको आन्तरिक कोषबाट संचालन भएका विभिन्न परियोजनाहरुको बारेमा जानकारी गराउनुका साथै संस्थाको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन। उनले प्रस्तु गरेको प्रतिवेदन अनुसार गत आ.व २०८१/०८२ मा संस्थाले १३ करोड ७४ लाख ९७ हजार ३ सय ९३ रुपैयाँ खर्च गर्दै १३ करोड ६३ लाख ४० हजार ६ सय ४२ रुपैयाँ आम्दानी गरेको छ। साथै संस्थाले आ.व २०८२/०८३ मा १९ करोड ७९ लाख ६६ हजार ३ सय १६ रुपैयाँ आम्दानी तथा खर्च गर्ने लक्ष्य लिएको कोषाध्यक्ष साहले जानकारी गराएकी छिन् ।
केन्द्रकी अधयक्ष गायत्री देवी महतोको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको
प्रमुख आतिथ्यता र जिसस उपप्रमुख जितेन्द्र कुशवाहा, बलरा नगरपालिका प्रमुख रामा शंकर प्रसाद कुशवाहा र गोडैता नगरपालिका प्रमुख देवेन्द्र यादवको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका बरिस्ठ कर्मचारीहरहलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख /प्रतिनिधि,RRPK का कर्मचारी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
No comments:
Post a Comment