Translate

Friday, October 17, 2025

नागरिक–प्रहरी सहकार्य : सुरक्षाका लागि अपरिहार्य भन्ने नाराका साथ सर्लाहीमा पनि मनाइयो ७० औं प्रहरी दिवस



मधेशदूत समाचारदाता---
सर्लाही, असोज ३१ ।

 “नागरिक–प्रहरी सहकार्य : सुरक्षाका लागि अपरिहार्य” भन्ने मूल नाराका साथ सर्लाहीमा पनि ७०औं प्रहरी दिवस २०८२  मनाइएको छ  । जिल्ला प्रहरी कार्यालय सर्लाहीको आयोजना तथा प्रमुख जिल्ला अधिकारी  तुलसी बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा शुक्रवार विविध कार्यक्रमहरु गरि दिवस मनाइएको हो ।
    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको अध्यक्षतामा मातहत प्रहरी इकाइका प्रमुखहरू, प्रहरी कर्मचारी, जिल्ला सुरक्षा समितिका सदस्य, भूतपूर्व प्रहरी, सहिद प्रहरीका परिवार, पत्रकार तथा समाजसेवीहरूको उपस्थितीमा दिवस मनाइएको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए। 
   दिवसको अवसरमा वीरगति प्राप्त प्रहरी शहीदहरूको सम्झनामा प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण, मौन धारण तथा शोक सलामी अर्पण गरिएको थियो। त्यसपछि प्र. ना.उ राईले प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको शुभकामना सन्देश वाचन गर्दै प्रहरी संगठनप्रतिको प्रतिबद्धता र गौरवपूर्ण इतिहासलाई स्मरण गरेका थिए।


   कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई प्रमुख अतिथि प्रजिअ श्रेष्ठ र प्रहरी प्रमुख प्र.उ. खड्काले दोसल्ला ओढाई, प्रसंसा पत्र तथा पुरस्कार प्रदान गरेका थिए।
  त्यस्तै, अमर प्रहरीका परिवारलाई पनि सम्मान गर्दै दोसल्ला ओढाइएको थियो भने, प्रहरी कार्यमा सहयोग गर्ने विभिन्न व्यक्तिहरू तथा संघसंस्थाहरूलाई पनि प्रशंसा पत्र प्रदान गरिएको जि.प्र.का सर्लाहीले जनाएको छ।


No comments:

Post a Comment