Translate

Sunday, October 12, 2025

सुधिर कर्णको अध्यक्षतामा चित्रगुप्त सेवा समिति मलंगवाको नयाँ कार्यसमिति चयन

 




मधेशदूत समाचारदाता---
सर्लाही, असोज २६

     चित्रगुप्त सेवा समिति मलंगवाको नयाँ कार्यसमिति गठन गरिएको छ। कायस्थ समुदायको हकहित, संरक्षण, सम्बर्द्धन तथा जातीय परम्परा र संस्कृतिको संरक्षणका उद्देश्यले आयोजित आम भेलाले समितिको नयाँ नेतृत्व चयन गरेको हो।
   मलंगवास्थित साउथ प्वाइन्ट विद्यालयमा गोविन्द लाल कर्णको अध्यक्षतामा भएको भेलाले सुधिर कर्णको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित कार्यसमितिको पदाधिकारीहरूमा
अध्यक्ष सुधिरसहित उपाध्यक्षमा दिपेश कर्ण,सचिवमा सुनिल श्रीवास्तव,सह–सचिवमा, आलोक कर्ण,कोषाध्यक्षमा विभास कर्ण चयन भएका छन् ।
   त्यस्तै समितिको सदस्यहरूमा बिनोद मल्लिक, अंकित चौधरी, शिवेन्द्र कर्ण,स्वेता कर्ण, रुक्मिणी कर्ण, रञ्जु कर्ण चयन भएका छन् ।
  त्यसैगरी सल्लाहकारका रूपमा पूर्व अध्यक्षहरू जयप्रकाश मल्लिक, गोविन्द लाल कर्ण, सुरेन्द्र लाल कर्ण, रमेश लाल कर्ण र महेन्द्र प्रसादलाई चयन गरिएको छ। समितिको कानुनी सल्लाहकारमा अधिवक्ता बालकृष्ण लाल कर्णलाई सर्वसम्मतिले जिम्मेवारी दिइएको छ।
    नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै पूर्व प्रधानाध्यापक गोविन्द लाल कर्ण, पूर्व सेवा समितिका अध्यक्ष स्वस्तिक मल्लिक, अधिवक्ता बालकृष्ण लाल कर्ण र मिथिला प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र लाल कर्णले फूलमाला र अबिर लगाएर सम्मान गरेका थिए।
    भेलामा वक्ताहरूले समाजमा रहेका विकृति–विसङ्गतिहरू हटाउँदै युवा पुस्तालाई जिम्मेवारी बोध गराउने र समुदायप्रतिको सकारात्मक सोच विकास गर्नुपर्नेमा जोड दिएका थिए । दुई दिनसम्म चलेको उक्त बृहत् छलफल कार्यक्रममा मलंगवा नगरपालिकाका सबै १२ वटै वडाका कायस्थ समुदायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको समितिले जनाएको छ।


No comments:

Post a Comment