जग्गाको बिषयमा बिबाद हुँदा बसबरियामा आमा-छोरी कुटिए दुवै पक्षका ९ जना घाईते, १ जना पक्राउ
मधेशदूत समाचारदाता---
सर्लाही,कात्तिक १३
जग्गाको विषयमा दुई पक्षबीच बिवाद हुँदा सर्लाहीको बसबरिया गाउँपालिका वडा न-३, भवानीपुरमा एक परिवारका आमा छोरीमाथि निर्ममतापुर्वक कुटपिट भएको छ।
सोही ठाउँका बरण रायका छोरा राम दरेश रायको परिवारले बुधबार स्थानीय हृदय रायकी छोरी र श्रीमतीलाई कुटपिट गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन।
यसअघि पनि पटक पटक आफ्नो परिवार माथि आक्रमणहरु भइरहेपनि स्थानीय प्रशासनले कुनै कदम नचालेको पिडित हृदय रायले गुनासो गरेका छन् । कुटपिटपछि प्रहरी चौकी भवानीपुरमा उजुरी लिएर जाँदा प्रहरीले उजुरी समेतलिन नमानेको उनले बताए।
भवानीपुर चौकीले सहयोग नगरेपछि उनीहरू ईलाका प्रहरी कार्यालय बरहथवा पुगेका थिए।
इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार जग्गाको बिषयमा विवादमा कुटपिट गरेको बुझिएको छ। कुटपिटबाट दुवै पक्षका गरि ९ जना घाईते भएको र सो घटनामा संग्लग्न रहेका ५५ बर्षिय राम दरेशलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उता पीडित परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारवाहीको माग गरेका छन्। घटना सम्बन्धि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
कुटपिटबाट घाइते भएकाहरूको अहिले गोल्डेन हस्पिटल बरहथवामा उपचार भइरहेको छ।
No comments:
Post a Comment