Translate

Thursday, October 9, 2025

मलंगवामा कार्यालय समय बाहेक सरकारी सवारी प्रयोगमा रोक

 


मधेशदूत समाचारदाता---
सर्लाही, असोज २३

     मलंगवा नगरपालिकाले आफ्ना जनप्रतिनिधि तथा कर्मचारीहरूलाई कार्यालय समय बाहेक र विदाको दिनमा सरकारी सवारी साधन प्रयोग नगर्न कडा निर्देशन दिएको छ।
    नगर कार्यपालिकाले बुधबार एक सूचना जारी गर्दै नगरपालिकामा कार्यरत जनप्रतिनिधि र कर्मचारीहरूले प्रयोग गरिरहेका दुईपाङ्ग्रे वा चारपाङ्ग्रे सरकारी सवारी साधनहरू अबदेखि कार्यालय समयमै मात्र प्रयोग गर्न निर्देशन दिएको छ।
    नगरपालिकाले “सरकारी सवारी साधनहरू जुनसुकै समयमा प्रयोग गर्दा हराएमा वा क्षति भएमा प्रयोगकर्ताबाट नै क्षतिपूर्ति असुल गरिने सोही सूचनामा मार्फत सबैलाई जानकारी गराएको छ।
   नगरपालिकाले सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्न र सवारी साधनको जिम्मेवारीपूर्ण प्रयोग सुनिश्चित गर्न यो कदम चालिएको बताएको छ। केही समयदेखि कार्यालयका सवारी साधनहरू व्यक्तिगत प्रयोजनमा प्रयोग भइरहेको गुनासो बढेपछि यस्तो निर्णय लिनुपरेको बताइएको छ।


No comments:

Post a Comment