Translate

Thursday, October 9, 2025

भारतको सोनवर्षामा टिपर र मोटरसाइकल ठोक्किँदा एक नेपालीसहित दुईजनाको मृत्यु




मधेसदूत समाचारदाता 
सोनबरसा (भारत), असोज २३

    भारतको बिहार राज्य अन्तर्गत सोनवर्षा स्थित रहेको राम–जानकी मन्दिर छेउको सीमा सडक (बोर्डर रोड)मा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।मृतक मध्ये एकजना नेपाली रहेको सोनवर्षा थानाले जनाएको छ।
    प्रहरीका अनुसार उक्त दुर्घटना नेपाल-भारत सीमा स्तम्भ नम्बर ३२३/१३ देखि करिब ५०० मिटर भारततर्फ रामजानकी मन्दिर नजिक भएको हो। म.प्र. ०२ ००८प ५५४२ नम्बरको मोटरसाइकल र बि.आर ०९ जि.बि ६७१५  नम्बरको भारतीय डम्पर(टिपर) एकआपसमा ठोक्किँदा मोटरसाइकल सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो।
   घटनाबारे स्थानीयले सोनवर्षा प्रहरी चौकीलाई जानकारी गराएपछि  घटनास्थलमा पुगेका प्रहरीले शवलाई पोष्टमार्टमका लागि एम्बुलेन्समार्फत सीतामढी सदर अस्पताल लैजाने तयारी गर्दा  स्थानीयवासीहरूले आक्रोश व्यक्त गर्दै सडकमा शव राखी केही बेर सडक अवरुद्ध गरेका थिए।
    मृतकहरुको पहिचान मलंगवा नगरपालिका वडा न–१० सर्लाही निवासी दिपेन्द्र राउतका छोरा अजय पटेल र भारत परिहारको खुरसाहा निवासी विनय पटेलका छोरा सचिन कुमार पटेलका रूपमा गरिएको प्रहरीले जनाएको छ ।
   दुर्घटनामा संलग्न दुबै सवारीसाधनलाई प्रहरी चौकी सोनवर्षामा राखिएको छ।


No comments:

Post a Comment