Translate

Thursday, October 30, 2025

मुसैलीमा छठको अवसरमा वक्तृत्वकला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  


मधेशदूत समाचारदाता---
 सर्लाही,कात्तिक १३

     छठ पर्वको अवसरमा मलंगवा नगरपालिका–७ मुसैलीमा वक्तृत्वकला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। स्थानीय युवाहरूको पहलमा आयोजित उक्त कार्यक्रममा कुनै पनि राजनीतिक दलका जनप्रतिनिधिलाई समावेश नगरि केवल समाजसेवी युवाहरूलाई अतिथिको रूपमा आमन्त्रण गरिएको थियो।
  कार्यक्रमका प्रमुख अतिथि सर्लाही क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुजित कुमार यादव रहेका थिए। उनले युवाहरूले सांस्कृतिक चेतना फैलाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा निरन्तर लागिरहनुपर्नेमा जोड दिएका थिए।
   आयोजित प्रतियोगितको निर्णायक मण्डलमा दिनेश महतो र उमेश यादव रहेका थिए भने अतिथिका रूपमा सुनिल कुमार यादव र चन्दन शर्मा उपस्थित थिए। उनीहरूले विजेता टिमलाई ट्रफी, मेडल, टीका र प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरेका थिए।
  आयोजक समितिका अनुसार, उक्त कार्यक्रमले स्थानीय युवामा प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै सांस्कृतिक चेतनाको प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको छ। भविष्यमा यसलाई अझ भव्य र प्रभावकारी रुपमा आयोजना गर्ने प्रतिबद्धता आयोजकले व्यक्त गरेका छन्।

No comments:

Post a Comment