Translate

Sunday, October 5, 2025

कौडेना गाउँपालिकाका झण्डै २ सय बाढी पीडित परिवारलाई राहत वितरण

  


मधेशदूत समाचारदाता---
सर्लाही,असोज १९ 

    सर्लाहीको कौडेना गाउँपालिका अन्तर्गत शिवनगर र छपकैयामा बाढीबाट प्रभावित परिवारहरुलाई राहत वितरण गरिएको छ।नेपाल प्रहरीको प्रयासमा आज(आइतवार)अपराह्न राहत वितरण गरिएको हो ।
  जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय कौडेनाबाट  खटिएको टोलीले वडा न-७ शिवनगरमा १३७  घरधुरी परिवारलाई प्रति घरधुरीको दरले चिउरा, चिनी र दालमोठ गरी २.५ के.जि. खाधान्न वितरण गरिएको छ। यस्तै, वडा न-५ छपकैयामा ५८ घरधुरीलाई प्रति घरधुरीको दरले चिउरा ५ के.जि., चाउचाउ ४ पिस, बिस्कुट ४ पिस, पानी १ बोतल, दालमोठ १ प्याकेट र भुजा १ प्याकेट वितरण गरिएको जिप्रका सर्लाहीले जनाएको छ।


No comments:

Post a Comment