Translate

Saturday, October 4, 2025

वर्षा पछिको जोखिमलाई मध्येनजर गर्दै मधेश प्रदेश स्वास्थ्य निर्देशनालय द्वारा भर्चुअल छलफल तथा पूर्व तयारी बैठक सम्पन्न


   


मधेशदूत समाचारदाता---
सर्लाही,असोज १९

    निरन्तरको वर्षापछि आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै मधेश प्रदेशमा पूर्वतयारीबारे छलफल थालेको छ । मधेश प्रदेशमा अतिवृष्टिका सम्भावित स्वास्थ्य प्रभावलाई ध्यानमा राखी प्रदेश स्वास्थ्य निर्देशनालयले भर्चुअल बैठकमार्फत छलफल गरेको हो ।
   बैठकले अतिवृष्टिका कारण क्षति भएमा समयमै जानकारी अद्यावधिक गर्नुपर्ने, संघीय–प्रदेश–स्थानीय तहबीच निरन्तर समन्वय गर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै प्रभावकारी स्वास्थ्य प्रतिकार्य सुनिश्चित गर्नुपर्ने र सबै सरोकारवालाहरू उच्च सतर्क रहनुपर्ने पनि निर्णय गरेको छ ।
   बैठकको अध्यक्षता प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुखहरूले आफ्ना जिल्लास्तरीय अद्यावधिकहरू पेश गरेका थिए भने अस्पताल प्रतिनिधि र स्वास्थ्य सयोजकहरूले अवस्था प्रतिवेदन पेश गरेका थिए । यसअगाडी वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि निर्देशनालयले गरेका प्रयासबारे समिक्षा गरिएको थियो ।
   वर्षापछि मधेशका जिल्लाहरुमा आउन सक्ने बाढी र त्यसपश्चात उत्पन्न हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा स्वास्थ्य संस्थाले पु¥याउन सक्ने योगदानबारे निर्देशक न्यौपानेले जानकाकारी लिएका थिए । त्यस्तै प्रदेशका स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री सत्रुघन सिंहले कुनै पनि जोखिम र त्यसपश्चात हुनसक्ने क्षतिका लागि उच्च सतर्क रहन सबैलाई निर्देशन दिएका थिए ।
   संघीय सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी र समन्वय महाशाखा प्रमुख डा भीम सापकोटाले प्रदेशलाई आवश्यक सहयोगको प्रतिवद्धता ब्यक्त गरे । बैठकमा मधेशका जनस्वास्थ्य प्रशासक नीलराम्बा अधिकारी, निर्देशक डा। जमुन प्रसाद सिंह, प्रदेशका अस्पताल प्रतिनिधिहरू, प्रदेशका अस्पताल प्रतिनिधिहरू, जिल्ला स्वास्थ्य कार्यालय प्रमुखहरू, विभिन्न पालिकाका स्वास्थ्य सयोजकहरू तथा लगायतका साझेदारहरूको सहभागिता रहेको थियो

No comments:

Post a Comment