हर्दी खोलामा एक महिलाको शव बरामद
मधेशदूत समाचारदाता---
सर्लाही,असोज २०
सर्लाहीको पर्सा गाउँपालिका-१ हर्दी खोलाको किनारमा सोमबार एक अज्ञात महिलाको शव फेला परेको छ ।
बिहान करिब ६:३० बजेको समयमा हर्दी खोलाको किनारमा अन्दाजी ३०-३५ वर्षकी महिलाको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाएपछि प्रहरी टोली तत्कालै घटनास्थलमा पुगेका थिए। शवको पहिचान तथा घटनाको कारण पत्ता लगाउन आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरी निरिक्षक बालिष्टर सिंहले जनाएको छ।
No comments:
Post a Comment