Translate

Tuesday, October 7, 2025

सर्लाहीमा दुईदिनको भारी वर्षाले कृषिमा ठुलो क्षति



मधेशदूत समाचारदाता---
सर्लाही, असोज २१

    सर्लाही जिल्लामा लगातार दुई दिनदेखि परेको भारी वर्षाले किसानहरूलाई ठूलो क्षति पुर्‍याएको छ। शुक्रबार रातिदेखि शनिवारसम्म भएको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बालीहरू डुबानमा परेका छन।  जिल्लाका मलंगवा ,ब्रम्हपुरी,कौडेना,गोडैता, हरिपुर्वा,पर्सा,कबिलासी, विष्णु,धनकौल, रामनगर ,बलरा,बरहथवा, बलरा,ईश्वरपुर, लालबन्दी, हरिवन,बागमती लगायतका क्षेत्रमा पानीले खेत र बारी डुबानमा परेपछि धान, उखु, तरकारी र दलहन जस्ता नगदे बालीमा ठुलो क्षति पुगेको किसानहरूले बताएका छन्।
  धानबाली काट्ने मुखमा रहेको बेला आएको वर्षाले सयौँ बिगाहा धानबाली नष्ट भएको छ। उखुका बाली ढलेका छन् भने तरकारी बाली सड्न थालेका छन्। दलहन बालीमा समेत किराको प्रकोप बढ्ने जोखिम रहेको कृषि प्राविधिकहरूले जनाएका छन्।


  कृषकहरूले सरकारसँग राहत र क्षतिपूर्तिको माग गरेका छन् । प्रारम्भिक अनुमानअनुसार दुईदिनको अविरल वर्षाले सर्लाहीमा मात्र करिब करोडौँ रुपैयाँ बराबरको कृषिजन्य क्षति भएको छ।


No comments:

Post a Comment