Translate

Monday, October 13, 2025

तिहारमा आधुनिक झिलीमिली बत्तीको प्रयोग बढ्दै गएपछि माटोको दियो विस्थापित

 





मधेशदूत समाचारदाता---
सर्लाही, असोज २७

     तिहारका समयमा माटोका दियोको सट्टा झिलीमिली बत्तीको प्रयोग बढ्न थालेपछि माटोको दियोको प्रयोग विस्तारै हराउन थालेको छ । विगतमा विद्युतीय बत्ती नहुँदा अत्याधिक विक्री हुने माटोको दियो विक्री हुन छाडेपछि व्यवसायीहरु समेत विस्तारै अर्को व्यवसायतर्फ विस्थापित हुन थालेका छन् ।
   विगत १० बर्ष भन्दा बढी माटामा सामाग्री विक्री गर्दै आएकी सोमारी देवी पंडितले तिहारको समयमा माटोका साामग्री विक्री नभए पनि अन्य बेला धेर-थोर भएको विक्रीले खर्च धान्ने गरेको बताइन । उनले तिहारमा दियोका प्रयोग प्राय: शून्य भएपनि अन्य बेला विभिन्न प्रकारका पूजा, पुराणमा प्रयोग भएकै कारण जसोतसो पेशामा टिक्न सकिएको उनको भनाई छ । उनले भनिन्–‘सांस्कृतिक पर्वको रुपमा रहेको तिहारमा समेत विकृति बढ्दै गएको छ, परम्परागत सांँस्कृतिक पर्वमा आधानिकतातर्फ ढल्किदै जादा माटोको दियोको पनि प्रयोग हुन छाडेको हो ।’
   चाडपर्व मनाउने तौरतरिकामा समेत आधुनिकतातर्फ उन्मुख हुँदा दियोको साटो विद्युतीय बत्तीको प्रयोग बढ्दा आफूहरुको व्यवसाय धरासायी बन्दै गएको उनको भनाई छ ।  माटोको दियोको तुलनामा विधुतीय बत्ती  प्रयोग गर्न सजिलो, जोखिम कम हुने भएका कारण सर्वसाधारणहरु यसतर्फ  आकर्षित भएको बताउँछन् ।
   मलंगवा -११ का राम विश्वास रायका अनुसार  हावापानीबाट पनि डर नहुने, घरमा दियोका कारण हुने विपत्ति पनि नआउने र चलाउन सजिलो भएकै कारण आफुले माटोको दियोको प्रयोग छाडेको बताए । उनले भने ‘ माटोको दियो बाल्दा छिनछिनमा  तेल थपिरहने झन्झट र आगलागीका घट्ना हुनसक्ने सम्भवना बढी हुन्छ भने विद्युतीय वत्ती बाल्न सजिलो र दुर्घटनाको जोखिम पनि कम हुन्छ ।’ पुरानो परम्परालाई धान्ने भन्दा पनि अरुको देखासिकी गर्ने प्रवृत्तिका कारण पनि अहिले माटोको दियो विस्थापित भएको उनको भनाई छ ।
    पछिल्लो समय माटोको दियो प्रयोग गर्नेहरुको संख्या घट्दै गरेका कारण यो पेशामा लागेका कुमालेहरु अन्य पेशा अपनाउन थालेका छन् ।

No comments:

Post a Comment