Translate

Friday, October 10, 2025

विवाह वार्षिकोत्सवमा समाजसेवी ढुङ्गेल दम्पतीद्वारा समता विद्यालयलाई सहयोग

  



प्रेमनाथ पौडेल ---
हरिवन(सर्लाही)असोज २४

     काठमाण्डौ निवासी एक दम्पतीले सर्लाहीको हरिवनमा रहेको एक बिधालयको भौतिक संरचनामा आर्थिक  टेवा पुर्याउदै बिवाहको बर्ष उत्सब मनाएका छन ।
   काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ निवासी अर्जुन प्रसाद ढुङ्गेल र शुशिला ढुङ्गेल खतिवडाले आफ्नो २८औं वैवाहिक वर्षगाँठको अवसर अर्थपूर्ण तरिकाले मनाउँदै सर्लाहीको हरिवनस्थित समता एजुकेशन फाउन्डेशनद्वारा सञ्चालित समता विद्यालयको भौतिक संरचना विकासमा टेवा पुर्‍याएका हुन ।
   ढुङ्गेल दम्पतीले हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमलको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बिच विद्यालयको एक कोठामा रु.तीस हजार बराबरको फाल्स सिलिङ जडान गर्न रकम सहयोग गरेका छन् ।
  यस अवसरमा आयोजित विशेष समारोहमा समाजसेवी ढुङ्गेल दम्पती प्रति विद्यालय परिवारले हार्दिक आभार प्रकट गर्दै उहाँहरूको दाम्पत्य जीवन सधैं सुखमय, स्वस्थ र समृद्ध रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्  साथै, सामाजिक कार्यप्रति उहाँहरूको लगाव र योगदानको उच्च प्रशंसा पनि गरेका छन्।
  समाजसेवी डाकुर नाथ खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान ,पूर्व मधेस प्रदेश सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिका  वडा नं. ८ का वडा  अध्यक्ष प्रज्वल ढुङ्गेल, तथा सामाजिक व्यक्तित्व चुडामणि वाग्ले, केशव ढकाल, अर्जुन पन्त ,कृष्णप्रसाद भट्टराई, ङ्मिन्द्र घिमिरे, सुरेश भट्टराई, कुलप्रसाद खतिवडा लगायतले उज्वलमय दाम्पत्य जिवनको कामना सहित सामाजिक कार्यको प्रसंसा गरेका थिए । 
कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकदेव कार्कीले गर्नुभएको थियो।
 यसै बिच समता विद्यालय परिवारले सहयोगी ढुङ्गेल परिवार तथा उपस्थित सम्पूर्ण अतिथिहरूप्रति हार्दिक धन्यवाद प्रकट प्रदान गरेको छ ।

No comments:

Post a Comment