Translate

Monday, September 8, 2025

मलंगवा–सोनवर्षा सडकमा १६ चक्के ट्रक पल्टियो, चालक फरार Video पनि हेर्नुस्📺️



Video👇️



मधेशदूत समाचारदाता
सर्लाही, भदौ २४ ।

मलंगवा–सोनवर्षा (हनुमान चौक) सडकखण्डअन्तर्गत विद्युत कार्यालय र गोरखकाली प्रहरी चौकी बीचमा पर्ने श्रीमती मंजु मिश्राको क्लिनिक अगाडि सोमबार राती भारतीय नम्बरको मालबाहक ट्रक पल्टिएको छ।
  BR 02 GD 8943 नम्बरको १६ चक्के ट्रक सडक छेउमा पल्टिँदा मानवीय क्षति नभए पनि एउटा विद्युत पोल आंशिक रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक चालक फरार भएका छन् भने सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 सहचालकले मधेशदूत दैनिकलाई दिएको जानकारी अनुसार सोमबार राती करिब २ बजे गोरखकाली प्रहरी चौकी पार गरेर केही अगाडि बढ्ने क्रममा चालकको गम्छा स्टेयरिङ मुनि खसेपछि उठाउने क्रममा ट्रक अनियन्त्रित भई पल्टिएको हो। ट्रक भारतको गया बाट धान लिएर सर्लाहीको बयलबास तर्फ गइरहेको थियो।
   तर, यस घटनाप्रति स्थानीयले शंका व्यक्त गरेका छन्। उनका अनुसार गोरखकाली चौकी र सशस्त्र प्रहरीले सामान्यतया राती ९–१० बजे नै नाका बन्द गरी पैदल आवतजावत समेत रोक्ने गरेका छन्। तर, रातको २ बजे लाखौंको सामान लादेको ट्रक बिना चेकजाँच नेपाल पस्नुले सुरक्षा निकाय र भन्सार अधिकारीमाथि प्रश्न उठाएको छ। 
   स्थानीय प्रत्यक्षदर्शीहरुले भन्सार कर्मचारी, प्रहरी र सशस्त्र प्रहरीबीचको मिलोमतोमा रातभरि करोडौं मूल्य बराबरका सामान ठूला गाडीमार्फत भित्रिने गरेको आरोप लगाएका छन्। उनीहरुको भनाइमा, “दिनमा सानोतिनो घरायसी सामान ल्याउँदा समेत कडाइका साथ चेकजाँच हुन्छ, तर राती ठूला ट्रकलाई खुला छाड्नु आर्थिक चलखेलको परिणाम हो।”


No comments:

Post a Comment