श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले दिए राजीनामा
मधेशदूत समाचारदाता —
सर्लाही, भदौ २४ ।
मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले मंगलबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ।
देशको वर्तमान अवस्था, आन्दोलनमा संलग्न निमुखा बालबालिका तथा सर्वसाधारणमाथि भएको गोली प्रहारको पीडा महसुस गर्दै आफूले मन्त्री पद त्याग्ने निर्णय गरेको उहाँले स्पष्ट पार्नुभएको छ।
मन्त्री रायले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै आन्दोलनमा मृत्यु भएका प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ।
उहाँले भन्नुभयो, “देशको अवस्था र निमुखा वालवालिकामाथि भएको गोली प्रहारको पीडा गहिरो छ। यस्तो अवस्थामा मन्त्री पदमा रहनु उचित नदेखिएकोले म पदबाट राजीनामा गर्दछु।”
No comments:
Post a Comment