Translate

Thursday, September 11, 2025

Gen-Z पुस्ताको पहलमा मलंगवामा नेपाल बाल संगठनको नयाँ समिति गठन

 


मधेशदूत समाचारदाता---

मलंगवा, भदौ २६।

   Gen-Z पुस्ताको पहलमा सर्लाहीको सदरमुकाम मलंगवामा नेपाल बाल संगठन (बाल मन्दिर) को नयाँ समिति गठन गरिएको छ। बिहीबार दिउँसो एक औपचारिक कार्यक्रमको आयोजना गरि   सन्तोष दासको अध्यक्षतामा ३१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
  नवगठित समितिको कार्यकारी उपाध्यक्षमा समिर मिकरानी, बरिष्ठ उपाध्यक्षमा रौशन यादव र कृष्णा यादव रहेका छन्। त्यस्तै सचिवको जिम्मेवारी रविन्द्र कुमार यादवलाई दिइएको छ।
   तदर्थ समिति गठनसँगै Gen-Z पुस्ताले संस्थागत कामलाई अझ प्रभावकारी बनाउन अपेक्षा गर्दै सम्पूर्ण पदाधिकारीको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।


No comments:

Post a Comment