Translate

Wednesday, September 17, 2025

नख्खु कारागारबाट फरार कैदी मलंगवामा पक्राउ



मधेशदूत समाचारदाता----

सर्लाही,असोज १ 

   नख्खु कारागार काठमाडौँबाट फरार भएका एक कैदी सर्लाहीको मलंगवाबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा न-७ का ३० वर्षीय फिरोज मंसुर रहेका छन् ।
   प्रहरीका अनुसार  कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका मंसुर जेन-जी आन्दोलनको क्रममा भदौ २५ गते भागी फरार भएका थिए। गोप्य सूचनाको आधारमा सोमबार साँझ करिब साढे ६  बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट  खटिएको टोलीले मंसुरलाई उनको आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। 
  पक्राउ परेका मंसुरलाई हाल जिप्रका सर्लाहीकै हिरासतमा राखिएको र कारागार कार्यालय सर्लाही पठाउने तयारी भइरहेको प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।
 

No comments:

Post a Comment