हरिपुर्वाका रामपुकार हत्या अभियुक्त पक्राउ
मधेशदूत समाचारदाता
सर्लाही,असोज १ ।
सर्लाहीको हरिपुर्वामा रामपुकार यादवको हत्या गरिफरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा हरिपुर्वा नगरपालिका–६ निवासी रामलगन राय यादवका छोरा २६ वर्षीय सन्तोष उर्फ अभि कुमार यादव रहेका छन्। उनले गत साउन ३० गते सोही ठाउँका ५० वर्षीय रामपुकार यादवको गोली हानी हत्या गरेका थिए।
घटनापछि फरार रहेका यादवलाई विशेष सूचनाका आधारमा मंगलबार साँझ भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा पर्सा गाउँपालिका वडा न–३ नारायणपुरस्थित नाकाबाट नियन्त्रणमा लिइएको हो ।
हाल उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment