Translate

Tuesday, September 2, 2025

महोत्तरीमा संयुक्त परियोजना अनुगमन : हजारौं बालबालिका लाभान्वित

 




प्रेमनाथ पौडेल---
महोत्तरी,भाद्र १७ 

    महोत्तरी जिल्लामा सञ्चालन भइरहेका विभिन्न परियोजनाहरुको जिल्ला स्तरीय सरोकार ब्यक्ति ले अनुगमन गरेका छन ।
   वर्ल्ड भिजन इन्टर् नेशनल नेपाल ले जिल्ला संचालन गरेका बिभिन्न कामको  सरोकार निकायका ब्यक्तिहरुको  संयुक्त टोलि ले अनुगमन सम्पन्न गरेको हो । अनुगमन टोलीको नेतृत्व जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन कुमार लाल कर्णले गर्नुभयो ।
  एकीकृत ग्रामीण विकास समाज महोत्तरी र दलित समाज उत्थान समिति नेपालद्वारा सञ्चालित पोषण, जीविकोपार्जन, बाल संरक्षण तथा स्पोन्सरशिप परियोजना अन्तर्गतका गतिविधिहरु अवलोकन गरिएको थियो ।   अनुगमनपछि सरोकारवालाले परियोजनाले विपन्न समुदायलाई सशक्त बनाउन उल्लेखनीय काम गरेको प्रतिक्रिया दिएका छन् । एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले भौतिक संरचना, स्वास्थ्य र सशक्तीकरणमा गरिएको लगानी सराहनीय रहेको बताए भने सम्सी गाउँपालिका अध्यक्ष रामनाथ यादवले गरीब लक्षित कार्यक्रम अझ विस्तार गर्नुपर्नेमा जोड दिए ।
   अनुगमन टोलीमा स्थानीय तहका प्रतिनिधि, सरकारी कार्यालय प्रमुख, पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ तथा वल्र्ड भिजन नेपालका प्रतिनिधिहरुको सहभागिता थियो ।
   परियोजनाबाट एकडारा र सम्सी गाउँपालिकामा क्रमशः ३ हजार २ सय र ४ हजार बालबालिका तथा उनीहरुका परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । साथै करिब ६ सय घरधुरीलाई साना व्यवसाय सहयोग गरिएको छ भने स्वास्थ्य संस्थाहरुलाई भिडियो एक्स–रे मेसिन, बेबी वार्मर, डेलिभरी बेडलगायत उपकरण उपलब्ध गराइएको छ ।

No comments:

Post a Comment