Translate

Tuesday, September 2, 2025

गोडैतामा इलाका प्रशासन स्थापनाको माग गर्दै स्थानीय तहका जनप्रतिनिधिहरु सहित मलंगवामा विशाल जनप्रदर्शन

 


सिडियो लाई बुझाए ज्ञापनपत्र 


मनोज यादव---
सर्लाही,भदौ १७

   सर्लाही स्थानीय तहका जनप्रतिनिधिहरू तथा सर्वसाधारण नागरिकहरुले गोडैतामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै सोमबार 
मलंगवामा विशाल र्याली निकालेर विरोध प्रदर्शन गरेका छन् । बलरा नभइ गोडैतामा इप्रका स्थापना गर्नुपर्ने मागसहित सयौंको संख्यामा मलंगवा आएका पश्चिम क्षेत्रका नागरिकहरुले र्यालीसहित प्रदर्शन गरेका हुन्। 
    दिउँसो मलंगवा-२ स्थित पब्लिक माध्यमिक विधालय अगाडीबाट ठुलो जनसहभागितासहितको र्‍याली सरकार विरुद्ध चर्को नाराबाजी गर्दै वडा न-१० स्थित जिल्ला प्रशासन कार्यालयको गेटसम्म पुगेका थिए ।संघर्ष समितिले  प्रशासनिक सेवाका लागि "गोडैता" पाँचवटै पालिकाका जनताको सहज पहुँचमा पर्ने तर्क राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाइएका थिए ।
  यसअघि गृहमन्त्री रमेश लेखक बिरगंज  आएको बेला पनि सर्वपक्षीय संघर्ष समितिले यस विषयमा ध्यानाकर्षण पत्र बुझाइसकेको छ ।
    नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साल साउन ९ गतेको निर्णयअनुसार सर्लाही जिल्लाका पाँच वटा पालिकाहरु गोडैता,विष्णु,बलरा,रामनगर र धनकौलको लागि बलरा नगरपालिकामा इप्रका स्थापना गर्ने निर्णय भएकोले सो निर्णय पाँचवटै पालिकाको जनताहरुको सेवा ,सुविधा र सुरक्षा हिसाबले अनुपयुक्त रहेको र भारतको सिमाना छेउमै समेत रहेकोले सुरक्षाको हिसाबले पनि संवेदनशील रहेको कारण देखाउँदै स्थानीय जनप्रतिनिधिहरुले ती पाँचवटै पालिकाको बिच भागमा पर्ने गोडैताको वडा न-७ सबै जनताको लागि सहज,उपयुक्त र सुरक्षित सेवा प्रवाह हुने भएकोले सोही स्थानमा इप्रका को स्थापना गरिनुपर्ने भन्दै आइतवार गृह मन्त्रालयको ध्यानाकर्षण गराइसकेका छन् ।
      सर्लाही क्षेत्र न-४ का प्रदेशसभा सदस्यद्वय विरेन्द्र प्रसाद सिंह र फकीरा महतो, गोडैता नगरपालिकाकी नगर उपप्रमुख अन्जना कुशवाहा, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहर राय, तथा धनकौल गाउँपालिकाका अध्यक्ष रामअश्रय साह लगायतले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र मार्फत  नागरिकलाई सहज र सुरक्षित सेवा उपलब्ध गराउन बलराको भन्दा गोडैता उपयुक्त हुने भएकोले गोडैताको वडा न-७ मा इप्रका स्थापना गर्न पहल गरिदिन अनुरोध गरेका छन् ।


No comments:

Post a Comment