Translate

Tuesday, September 2, 2025

निजी विद्यालयहरुले गरे बससहित प्रदर्शन

 


कश्यप बराल---
लालबन्दी(सर्लाही),भदौ १७ गत ।
 

     निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै सुरु गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत सर्लाहीका निजी विद्यालयहरुले सोमबार  बससहित प्रदर्शन गरेका छन् । देशव्यापी चलिरहेको उक्त आन्दोलनको क्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सर्लाहीले पनि विरोध कार्यक्रम गरेको हो ।     प्रस्तावित विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० ले निजी क्षेत्रको लगानीलाई धराशायी बनाउने र संस्थागत विद्यालयहरूको अस्तित्व नै मेटाउने षड्यन्त्र गरेकाले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सर्लाहीले पनि देश व्यापीरुपमा संचालित विरोध कार्यक्रममा ऐक्यवद्धता जनाएको प्याब्सनका जिल्ला अध्यक्ष सागर गिरीले बताउनु भयो ।
  विधेयकमा समावेश गरिएका अव्यवहारिक र पूर्वाग्रही प्रावधानहरू सच्याउनु पर्ने माग सहित सर्लाही प्याब्सनले प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
  कम्पनी ऐन अन्तर्गत नाफामूलक संस्थाकारूपमा दर्ता भई सञ्चालित विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउने प्रावधान तत्काल खारेज गर्नुपर्ने पहिलो माग छ । दिव्य ज्योति आवासीय विद्यालयका संस्थापक क्षितिज प्रधान ले विधेयकमा उल्लेखित ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्दावलीलाई हटाउनुपर्ने माग गर्नु भएको छ ।
  पूर्ण छात्रवृत्तिको अस्पष्ट परिभाषाले भर्ना, मासिक शुल्कदेखि पोसाक, यातायात र आवाससम्मका सबै सुविधा निःशुल्क दिनुपर्ने बाध्यकारी अवस्था सिर्जना गर्ने र यो व्यवहारमा लागू गर्न असम्भव रहेको प्याब्सनले जनाएको छ ।

No comments:

Post a Comment