Translate

Sunday, September 14, 2025

जेन-जी आन्दोलनमा सदाहत प्राप्त युवाहरुको स्मृतिमा मलंगवामा दिप प्रज्वलन



मधेशदूत समाचारदाता–––
सर्लाही, भदौ २९ ।

   जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका प्रति श्रद्धाञ्जली अर्पण तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आइतबार बेलुका मलंगवामा दीप प्रज्वलन गरिएको छ।
   सहादतप्राप्त युवाहरुको स्मृतिमा मलंगवा नगरपालिका–१० स्थित सहिद पार्क र वडा नं.–८ स्थित नापी कार्यालय अगाडि सयौं स्थानीय युवाहरुको उपस्थितिमा दीप प्रज्वलन गरिएको हो।


   दीप प्रज्वलन अगाडी शान्ति जुलुस निकाली बजारको परिक्रमा पनि गरिएको थियो । दिप प्रज्वलनमा सहभागीहरुले सहिदको बलिदानलाई सम्मान गर्दै नागरिकको अधिकारको रक्षा गर्न निरन्तर संघर्षरत रहने संकल्प व्यक्त गरेका छन्।
  कार्यक्रममा युवा, विद्यार्थी, समाजसेवी तथा स्थानीय बासिन्दाको उत्साहपूर्ण सहभागिता देखिएको थियो।



No comments:

Post a Comment