मोटरसाइकल ठक्करबाट हरिपुर्वामा वृद्धको ज्यान गयो
मधेशदूत समाचारदाता–––
सर्लाही, असोज ३
सर्लाहीको हरिपुर्वा नगरपालिका–५, संग्रामपुर बाँके सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक वृद्धको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार साँझ करिब ६:४५ बजे बाँकेतर्फबाट संग्रामपुर जाँदै गरेको बि.आर ३० ए.इ ८२२० भारतीय नम्बर प्लेटको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको सोही ठाउँको ६८ वर्षीय गजेन्द्र साहलाई ठक्कर दिएको थियो। टाउकोमा गम्भीर चोट लागेका साहलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि चेकजाँचको क्रममा साँझ ७:४२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि मोटरसाइकल चालक पर्सा गाउँपालिका वडा न–५ बस्ने २४ वर्षीय सरवन कुमार साहलाई सवारीसहित नियन्त्रणमा लिइ घटना बारे थप अनुसंधान अगाडि बढाएको जिप्रका सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जनाएको छ ।
No comments:
Post a Comment