Translate

Friday, September 19, 2025

चन्द्रनगरद्वारा असहाय, अपाङ्गता र सुत्केरी महिलाको लागि संचालित नि:शुल्क यातायात सेवा निरन्तर जारी

  


मधेशदूत समाचारदाता---
सर्लाही, असोज ३

    सर्लाहीको चन्द्रनगर गाउँपालिकाले विगत तीन वर्षदेखि निरन्तर रूपमा निःशुल्क यातायात सेवा सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, असहाय तथा गर्भवती र सुत्केरी महिलालाई सार्वजनिक सेवा उपयोग गर्न र आकस्मिक कामकाजका लागि यो सेवा उपलब्ध गराइरहेको छ।

  गाउँपालिका अध्यक्ष राज कुमार महतोका अनुसार स्थानीय बासिन्दालाई सहजता पुर्‍याउने उद्देश्यले सुरु गरिएको यस सेवा प्रति जनताले सकारात्मक प्रतिक्रिया दिएका छन्। यो सेवा नियमितरूपमा  बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म र आकस्मिक अवस्थामा चौबीसै घण्टा उपयोग गर्न सकिने गरि व्यवस्था गरिएको छ।

   गाउँपालिकाको यो पहलले विशेष गरी असहाय, अपाङ्गता भएका र सुत्केरी महिलालाई अस्पताल आवागमन तथा आवश्यकतामा निकै सहयोग पुर्‍याएको सेवाग्राहीहरूले बताएका छन्।


No comments:

Post a Comment