जेनजी आन्दोलनमा ज्यान गुमाएका देव कुमार सेवेदीकी पत्नीलाई १५ लाख राहत
मधेशदूत समाचारदाता---
सर्लाही, असोज १३
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका लालबन्दी नगरपालिका–५ का देव कुमार सेवेदीकी पत्नी पार्वती अधिकारीलाई नेपाल सरकारबाट प्रदान गरिएको राहत रकम हस्तान्तरण गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आइतवार प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले पार्वती अधिकारीलाई १५ लाख रुपैयाँ बराबरको राहत चेक हस्तान्तरण गरेको हो।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने निर्णयअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरिएको प्रशासन कार्यालयले जनाएको छ।
No comments:
Post a Comment