Translate

Thursday, September 4, 2025

पर्सामा किसानलाई दीर्घकालीन राहत : निःशुल्क कृषि मिटर जडान



मधेशदूत समाचारदाता---
पर्सा, भदौ १९

    कृषि उत्पादनमा निर्भर किसानहरू वर्षौंदेखि विद्युत् अभावका कारण सिंचाइमा ठूलो समस्या भोगिरहेको अवस्थामा कृषि कार्यमा सहजता ल्याउन र किसानहरूको दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले पर्सा गाउँपालिका–४ कविलासीमा निःशुल्क कृषि मिटर जडान गरिएको छ ।
     पर्सा गाउँपालिका अध्यक्ष धिरेन्द्र राय बिस्पतको सक्रियता र स्थानीयहरुको पहलमा निर्शु बाबाको स्थान नजिक जिंगडवा जाने मूल सडकमा गरी दुईवटा कृषि मिटर जडान गरिएको हो ।
  विद्युत् प्राधिकरणका सरोकारवाला अधिकारी तथा गाउँलेहरूको सक्रिय सहयोगमा सम्पन्न यस कार्यले किसानलाई सिंचाइमा ठूलो सहजता दिलाउने विश्वास व्यक्त गरिएको छ ।
“यो कदमले किसान दाजुभाइलाई ठूलो राहत पुग्ने छ,” अध्यक्ष रायले बताए । साथै, उनले यस कार्यमा साथ दिने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।
  यसअघि किसानहरू पर्याप्त बिजुली नहुँदा खेतीपातीमा समस्या भोग्दै आएका थिए । अब भने निःशुल्क कृषि मिटर जडान भएपछि खेतमा आवश्यक समयमा सिंचाइ गर्न पाउने भएकाले उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।


No comments:

Post a Comment