Translate

Friday, September 5, 2025

भाँडसरमा पानी समस्या समाधानका लागि समरसियल जडान सुरू



मनोज यादव---
मलंगवा, भदौ २०।

   मलंगवा नगरपालिकाको वडा नं–५ भाँडसरमा पानीको समस्या समाधानका लागि समरसियल जडान गर्ने काम सुरु गरिएको छ। वडाअध्यक्ष जुल्फेकार अलीको पहलमा वडाका तीनवटा प्रमुख स्थानमा धमाधम समरसियल जडान कार्य भइरहेको हो।
   समरसियल मस्जिद नजिक मुस्लिम समुदायको बस्तीमा, वडा कार्यालय नजिक र यादव, सहनी, बैठा, धोबी लगायत समुदायको बसोबास रहेको स्थानमा जडान गरिँदैछ। पर्याप्त वर्षा नभएका कारण विगत केही महिनादेखि चापाकल, इनार लगायत पानीका परम्परागत श्रोतहरू सुक्दै गएपछि स्थानीयवासीलाई खानेपानी अभावमा पर्नु परेको थियो।
    उक्त समस्याको समाधान गर्न बसेको  कार्यपालिकाको बैठकमा सबै वडाअध्यक्षहरूसँगको सल्लाहपछि प्रत्येक वडामा चरणबद्ध रूपमा समरसियल जडान गर्ने निर्णय भएको थियो। सो निर्णयअनुसार वडा नं–५ भाँडसरका वडाअध्यक्ष अलीले तत्काल कार्यान्वयनमा ल्याउँदै स्थानीयवासीलाई खानेपानीको आपुर्ती सहज बनाउन पहल थालेका हुन्। उनले भने, “वडावासीलाई पानीको अभावमा दुःख नहोस् भन्ने उद्देश्यले तत्कालीन आवश्यक स्थानहरूमा समरसियल जडानको काम अगाडि बढाइएको छ।”
   स्थानीयहरूले वडाअध्यक्ष अलीको यो कदमलाई स्वागत गर्दै धन्यवाद दिएका छन्।


No comments:

Post a Comment