पर्सा-भेल्ही सडकमा सवारी दुर्घटना : दुईको मृत्यु, एक घाइते
मधेशदूत समाचारदाता---
सर्लाही, असोज १२
सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–५ स्थित हुलाकी सडक खण्डमा शुक्रवार राति भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।
पर्साबाट भेल्हीतर्फ जाँदै गरेको एम.एच ०४ डि.जे १२९७ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्र.३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक ब्रहम्पुरी गाउँपालिका वडा न-२ का २३ वर्षीय अंकित चौधरी र रामपृत सहनीका छोरा २५ वर्षीय रोहित सहनीको मृत्यु भएको हो। सोही मोटरसाइकलमा सवार बैधनाथ पंडितका छोरा २३ वर्षीय शिवशंकर पण्डित घाइते भई एल.एस न्युरो अस्पताल बारामा उपचाररत छन्।
दुर्घटनापछि प्रहरीले स्कारपियो गाडीलाई नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाही, मलंगवाका प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।
No comments:
Post a Comment