Translate

Tuesday, September 9, 2025

सर्लाहीका तीन पालिका अझै निमित्तकै भरमा आर्थिक चलखेल गर्नको लागि आफु निकटलाई निमित्त बनाएको जनआरोप

 


मधेशदूत समाचारदाता
सर्लाही, भदौ २४

   सर्लाहीका २० स्थानीय तहहरु मध्ये तीनवटा स्थानीय तह अझै पनि निमित्त  प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले देशभरका सबै पालिकामा अब कुनै पनि निमित्त प्रमुख नहुने दाबी गरे पनि सर्लाहीमा भने यो व्यवस्था पूर्ण रूपमा लागू हुन सकेको छैन।
  जिल्लाको हरिपुर नगरपालिका, कविलासी नगरपालिका र गाउँपालिका अहिले पनि निमित्त प्रप्रअकै भरमा सञ्चालन भइरहेको छ। हालै मन्त्रालयले १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा गरेर स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाउने निर्णय गरेको थियो। तर सर्लाहीमा पठाइएका अधिकारीमध्ये यी तीन पालिका छुटेका छन्।
  वर्तमानमा हरिपुर नगरपालिकामा शाखा अधिकृत विनय पौडेल, कविलासी नगरपालिकामा वैद्य निरीक्षक राजकिशोर महतो, र विष्णु गाउँपालिकामा स्वास्थ्य शाखाका कर्मचारी संजिव सापकोटा लामो समयदेखि निमित्त प्रमुखको रूपमा कार्यरत छन्।
   यसअघि जिल्लाका अन्य ८ पालिकाहरुमा पनि निमित्त प्रमुख कार्यरत थिए। अहिले ती पालिकाहरुमा स्थायी प्रमुख खटिसकेका छन् । स्थानीय तहमा बढी आर्थिक चलखेल हुने गरेकोले पालिका प्रमुखले आफु निकट तथा मातहतमा खट्ने कर्मचारीलाई निमित्तमा नियुक्ति र सरुवा  गर्ने गरेको आरोप लाग्दै आएको छ।


No comments:

Post a Comment