खानेपानीको चरम अभाव न्यूनीकरण गर्न खुटौनामा समरसियल जडान
मधेशदूत समाचारदाता---
सर्लाही,भदौ १९
खानेपानीको गम्भीर समस्या देखिएपछि मलंगवा नगरपालिका-६,खुटौनाका वडाध्यक्ष राम कैलाश यादवको विशेष पहलमा हाल ५ वटा समरसियल बोरिङ नेपाल सरकारको बजेटबाट पारित भएको छ।
उक्त बोरिङमध्ये ४ वटा स्थानमा सफलतापूर्वक जडान भइसकेको छ भने बाँकी १ वटा जडानका लागि उपयुक्त स्थान छनोट गर्ने कार्य भइरहेको वडाध्यक्ष यादवले जानकारी दिनुभएको छ। उहाँले खानेपानीको अभावमा समस्या भोग्दै आएका स्थानीयवासीले अब सहजै पानी पाउने विश्वास व्यक्त गर्नु भएको छ।
वडाध्यक्ष यादवले “सबैको साथ, सबैको विकास” भन्ने नारासहित वडाको आवश्यकताअनुसार योजना कार्यान्वयन भइरहेको भन्दै सकारात्मक सोचसहित अघि बढ्न सबैलाई आग्रह गर्नुभयो।
No comments:
Post a Comment