Translate

Tuesday, September 2, 2025

सर्लाहीमा ५५ किलो गाँजा सहित एक युवक पक्राउ



मधेशदूत समाचारदाता---
सर्लाही, भदौ १७

सर्लाही प्रहरीले ५५ किलो भन्दा बढी गाँजा सहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
   सोमबार  साँझ करिब ६:३० बजे जिल्ला प्रहरी कार्यालय मलंगवा र ईलाका प्रहरी कार्यालय केशरजंगबाट विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले ईश्वरपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको दोस्रो लच्का नजिकबाट उक्त गाँजा बरामद गरेको हो।
   जिप्रका मलंगवाका अनुसार पक्राउ पर्नेमा ईश्वरपुर–१२ घारीबथान बस्ने राजकुमार भुजेको ३२ वर्षीय छोरा संजिव भुजेल रहेका छन्। उनी सडक किनारमा शंकास्पद रूपमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन्। चेकजाँचको क्रममा भुजेलले लुकाइ राखेको तीनवटा सेतो रंगका प्लास्टिकका बोरा फेला परेका थिए। बोरा परालले छोपेर राखिएको अवस्थामा भेटिएका ती बोरामा ५५ किलो २२० ग्राम गाँजा रहेको प्रहरीले जनाएको छ।
  बरामद गाँजा सहित भुजेललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय केशगरंजमा राखिएको छ। सर्लाही जिल्ला अदालतले उनलाई सात दिन थुनामा राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएको मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिएका छन्।


No comments:

Post a Comment