Translate

Tuesday, September 2, 2025

नर्सरी व्यवसायी संघ सर्लाहीको अध्यक्षमा बस्नेत चयन

  


रितीक अधिकारी---
सर्लाही,भदौ १७ 

    नर्सरी व्यवसायी संघ सर्लाहीको पहिलो साधरण सभा लालबन्दीमा सम्पन्न भएको छ  ।  संघको पहिलो साधरण सभाले मोहन बस्नेतको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । 
  गत बर्ष स्थापना भएको नर्सरी व्यवसायी संघ सर्लाहीकोे अध्यक्षमा पुनः  बस्नेत निर्बिरोध चयन भएका हुन भने सबै पदाधिकारीहरु पनि निर्बिरोध निर्वाचित भएका छन् । 
  अध्यक्षमा बस्नेतसहित उपाध्यक्षमा लक्ष्मी प्रसाद गौतम, सचिवमा बाल मूकून्द खड्का, कोषाध्यक्षमा मन्जू कुमारी साह तथा सदस्यहरुमा राम गणेश महतो,निरन्जन मैनाली,मन्टूरिया देबि पासवान , राम बिनय साह चयन भएको संघले जनाएको छ । 
  अध्यक्ष बस्नेतले सर्लाहीका सबै नर्सरी व्यवसायीलाइ एकजुट बनाइ व्यवसायिक हकहित, निति निर्माण नर्सरी तालीम तर्फ पहल गर्ने र अधिकार र सुरक्षाका लागि संघ लागी पर्ने बताउनु भयो । बस्नेत लामो समय देखी नर्सरी व्यवसाय गर्दै आइरहनुभएको छ ।
   संघको पहिलो साधारण सभालाई उद्घाटन गर्दै लालबन्दी नगरपालीका वडा नम्बर ५ का वडाअध्यक्ष मिन प्रसाद ढूङ्गेलले नर्सरी व्यवसायीहरुको हितको लागि स्थानिय तहले निति निर्माणको एजेन्डामा पहल गर्ने बताए । नर्सरी व्यवसायीहरुको हितका लागी पहिला स्थानिय तहले नीति निर्माण बनाउन आवश्यक रहेको बताउँदै उनले नर्सरी ब्यवसायलाई बिस्तार गर्न तिनै तहको सरकार र ब्यवसायीहरु लाग्नुपर्नेमा जोड दिएका थिए ।
   लालबन्दी-५ स्थित गृष्मा नर्सरीमा सम्पर्न कार्यक्रममा जिल्लाभरीका नर्सरी व्यवसायीहरुको उपस्थिती रहेको थियो। 

No comments:

Post a Comment