Translate

Wednesday, September 24, 2025

भाँडसरमा विभिन्न कार्यक्रम गर्दै बाल तथा संविधान दिवस मनाइयो

  


मधेशदूत समाचारदाता---
सर्लाही, असोज ८

  सर्लाहीको मलंगवा नगरपालिका वडा न-५ भाँडसरमा संचालित लाईफ लाईट कोचिङ्ग सेन्टरले ६१औँ राष्ट्रिय बालदिवस र संविधान दिवस २०८२ विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ।
   कोचिङ्ग सेन्टरका संस्थापक तथा शिक्षक कामेन्द्र महराका अनुसार, दिवसको अवसरमा शैक्षिक सत्र २०८१ मा निरन्तर अध्ययन गरी उत्कृष्ट जिपिए ल्याएर  विभिन्न क्षेत्रमा छात्रवृत्ति प्राप्त गरेका एस.ई.ई. विद्यार्थीहरूका लागि शुभकामना आदान–प्रदान, सांस्कृतिक कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो।
   भाँडसरस्थित वडा कार्यालयको प्रांगणमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता भूतपूर्व प्रधानाध्यापक रामविलास यादवले गरेका थिए भने मेयर प्रत्याशी मो. शमीमबाबु खान प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा स्थानीय समाजसेवी रामअधार यादव, रामबहादुर महरा, जयकृष्ण महतो, रामविश्वास राय, गुणराज धमला लगायतको पनि उपस्थिती रहेको थियो।
   वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरूले "हाम्रो संस्कृति, हाम्रो पहिचान, जय प्रविधि, जय विज्ञान" भन्ने शीर्षकमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। आयोजक संस्थाले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सबै अतिथिहरूलाई धन्यवाद दिएको छ।


No comments:

Post a Comment