सर्लाहीसहित मधेस प्रदेशका ६ युवा काठमाडौँको प्रहरी युनिटमा आगजनी गरेको आरोपमा पक्राउ
मधेशदुत समाचारदाता---
सर्लाही,असोज ७
जेन–जी आन्दोलनको क्रममा काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा आगजनी गरेको आरोपमा सर्लाहीका एकसहित मधेसका ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
गत भदौ २४ गतेको प्रदर्शन नियन्त्रणबाहिर गएपछि नयाँ बानेश्वरस्थित प्रहरी वृत्त, कोटेश्वर प्रहरी प्रभाग र नरेफाँट प्रहरी युनिटमा आगजनी भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा रौतहटका १९ वर्षीय अंशु कुमार गुप्ता, सप्तरीका २८ वर्षीय देवराज राय ‘रवि’, सर्लाहीका १८ वर्षीय मुकेश शाह ‘अजय’, धनुषाका १९ वर्षीय अजय कुमार शाह ‘हिरो’, रौतहटका २४ वर्षीय लक्किबाबु जैसवाल र त्यहीँ जिल्लाको गरुडा निवासी १८ वर्षीय शैरव यादव ‘मोटे’ रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाबाट आगजनीपछि लुटिएको ग्यास सिलिन्डर र खोका समेत बरामद भएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू कुनै राजनीतिक दलसँग प्रत्यक्ष रूपमा आबद्ध नभएको तर अधिकांश विद्यार्थी पृष्ठभूमिका रहेको खुलेको छ।
No comments:
Post a Comment